
पोखरा– सूचीकरणमा नआएको भन्दै सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेन-जी पुस्ताका युवाहरू कास्कीको पोखरामा पनि उत्रिएका छन्।
पोखराको सभागृहमा स्वतस्फूर्त भेला भएका उनीहरूले जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन, भ्रष्ट नेता होसियार, दु:खी जनता कमाउने, भ्रष्ट नेता रमाउने, जनता जति खाडीमा, तिमी चाहीँ गाडीमा जस्ता नारा लगाएका छन्।
से नो टु क्रपसन, जनताको पसिना, नेताको पेट?, लाज लाग्दैन बा ? लेखिएका प्लेकार्ड र कार्टुन बोकेर उनीहरू प्रर्दशनमा छन्।
प्रर्दशनमा सहभागी युवाको संख्या बढिरहेको छ। क्याम्पसबाट विद्यार्थीहरू पोशाकमै प्रदर्शनमा छन्।
सामाजिक सञ्जाल बन्द भएपछि जेन-जी उमेर (२८ वर्षमुनी)का युवाहरू देशैभर प्रर्दशन गरिरहेका छन्।