
पोखरा– तनहुँका जेन–जी युवाले पनि सामाजिक सञ्जाल बन्दको खबरदारी गर्दै विरोध प्रर्दशन गरेका छन्। दमौलीस्थित अनसनचौतारीमा भेला भएका युवाहरुले सरकारलाई खबरदारी गर्दै विरोध प्रर्दशन गरेका हुन्।
युवाहरु जिउँँदै छन्, मेरो देश प्राण भन्दा प्यारो छलगायतका नारा लगाए। विशाल नेपालको झन्डा फहराउँदै आन्दोलनमा उत्रिएका उनीहरुले सामाजिक सञ्जाल बन्द गरेर सरकारले निषेध र नियन्त्रणको राजनीति गरेको अरोप लगाए।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङलाई देश छोड्न चेतावनी दिँदै उनीहरुले नाराबाजी गरेका छन्।
सामाजिक सञ्जाल बन्द भएपछि युवाहरु देशैभर भ्रष्टाचार र स्वतन्त्रताविरुद्ध विरोध प्रर्दशनमा उत्रिएका छन्।