
मोरङ – विराटनगर महानगरपालिकाभित्रका विद्यालय मंगलबार बन्द हुने भएका छन्।
विराटनगर महानगरपालिकाले मुलुकको पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर भोलि शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको जनाएको छ।
महानगरपािलकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलका अनुसार मुलुकमा उत्पन्न विषय परिस्थितका कारण सरोकारवालाको रायसुझावलाई ध्यानमा राखेर महानगरभित्रका विद्यालयहरुमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको हो।
महानगरले अहिलेको अवस्थामा विद्यार्थीलाई संयमतापूर्वक घरभित्रै रहन आग्रह गरेको छ।
यस्तै, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सरोकारवालाहरुको बैठकले भोलि र पर्सी कलेज बिदा दिने निर्णय गरेको छ। प्रजिअ यादवका अनुसार विद्यालय भने भोलि मात्रै बिदा हुनेछ।