
विराटनगर– जिल्ला कारागार मोरङमा कैदीबन्दी छुटाउनका लागि एक समूहले हुलहुज्जत गरेको छ। बुधबार करिब दुई सय बढीको संख्यामा कारागार पुगेको समूहले हुलहुज्जत गरेको हो।
उनीहरूले नाराबाजी गर्दै कारागार अगाडि प्रदर्शन गरेका थिए। प्रदर्शन उग्रह बनेपछि प्रहरीले हवाई फायर गर्नुपरेको छ। प्रहरीले करिब १५ राउण्डभन्दा हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ।
अहिले कारागार क्षेत्रमा प्रहरीसँगै सशस्त्र प्रहरीबलको टोलीले सुरक्षा दिइरहेको छ।
बुधबार बिहानमात्रै विराटनगर ३ स्थित आयल निगम नजिक रहेको बालसुधार गृहबाटसमेत थुनुवा (बिज्याइकर्ता)हरु भागेका छन्। सुधार गृहमा रहदै आएका करिब २ सय ५५ जनामा २ सय जना भागेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दिउँसोसम्म भागेर गएकामध्ये धेरैले आत्मसमपर्ण गरेका छन्।
सुधार गृहबाट भागेका धेरैलाई प्रहरीले खोजी गरेर नियन्त्रणमा लिएको थियो। यद्धपि भागेका सबै जना नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ।

बालसुधारबाट भागेकाहरू