
मोरङ – विराटनगरस्थित ब्यापारिक भवन भाटभटेनीमा लगाइएको आगो अझै पनि पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन।
मंगलबार बेलुका जेन जी पूस्ताको आन्दोलनका क्रममा उपस्थित भीडले लगाएको आगोले भवनमा क्षति पुगेको छ। ठूलो संख्यामा उपस्थित भीडले भाटभटेनीमा लुटपाट गरेसंगै राती करिब ११ बजे नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिएको थियो।
त्यसअघि, आगलागीसंगै भवनमा खाद्यान्न, लत्ताकपडा लगायतका सरसमान लुटेका थिए। भवनभित्रबाट अहिलेपनि धुवाँको मुस्लो निस्किरहेको छ। सुरक्षा निकायको उपस्थितीमा भाटभटेनीको कर्मचारी र सुरक्षागार्डले सर सफाइ गर्न थालेका छन्।