
माेरङ – मंगलबार उग्र बनेको विराटनगरको अवस्था सामान्य उन्मुख हुँदै गएको छ। गएरातिबाट नेपाली सेनाले सुरक्षा अवस्थामा प्रत्याभूति जनाएसंगै बुधबारको दिनचर्चा शान्त उन्मुख हुँदै गएको हो। स्थानीयमा भने अझ के हुने भन्ने अन्यौल रहेको छ।
स्थिति शान्त उन्मुख हुँदै गएपछि मुख्य बजार बन्द रहेको छ। केही स्थानमा नेपाली सेनाको गस्ती गरिरहेको टोलीले समेत बजार बन्द गर्दै सुरक्षित भएर घरमा बस्न आग्रह गर्दै माइकिङ गरिरहेको छ।
महानगरभित्रका पसलहरु सामान्य रुपमा खुलेका छन्। त्यसैगरी, भारततर्फको ढाट नम्बर तीनमा पनि सुरक्षा निकायको उपस्थित बढेको छ। नेपाल भारत आउजाउ गर्ने मुख्य सडकमा बार लगाइएको भएपनि सडक नजिककैको सानो चेपबाट सर्वसाधारणलाई आवतजातवमा सहजता दिइएको छ। गएको दुईदिनको स्थितीपछि भारततर्फपनि सुरक्षा अवस्था कडाइ बनाइएको छ।
त्यसैगरी, विराटनगरको बसपार्क समेत सुनसान रहेको छ। नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघको बन्दको आह्वानसंगै सार्वजनिक यातायात ठप्प रहेको छ। नगरभित्र भने फाट्टफुट्ट रुपमा सिटी र मोटरसाइकल चलेका छन्।
आन्दोलन हुनुपूर्व नै महासंघले सुरक्षाको प्रत्याभूति नहुञ्जेल यातायात सेवा सञ्चालन नगर्ने जनाएको थियो।