रविलाई छाडेपछि हामीलाई पनि छाड्नुपर्छ भन्ने कैदीबन्दीलाई डिल्लीबजार कारागारबाट स्थानान्तरण गरियो

रविलाई छाडेपछि हामीलाई पनि छाड्नुपर्छ भन्ने कैदीबन्दीलाई डिल्लीबजार कारागारबाट स्थानान्तरण गरियो
+
-

काठमाडौँ– रवि (रास्वपा सभापति रवि लामिछाने)लाई छाडेपछि हामीलाई पनि छाड्नुपर्छ भन्दै भाग्न खोजेका कैदीबन्दीलाई डिल्लीबजार कारागारबाट स्थानान्तरण गरिएको छ।

प्रहरी स्रोतकाअनुसार उनीहरूले बुधबार बिहान आफै बस्ने भवनमा आगलागी गरेर भाग्न खोजेका थिए। त्यसपछि सेनासमेत परिचालन गरेर उनीहरूलाई अनेत्र स्थानान्तरण गरिएको छ।

कतिपयले अन्यत्र जान नमानेपछि सेनाले धम्कीपूर्ण भाषासमेत बोलेको थियो। त्यसपछि उनीहरू सेनाको गाडीमा चढेर अनेत्र स्तान्तरण हुन मानेका थिए।

करिब ७०० कैदीबन्दी रहेको डिल्लीबजारमा कति जनालाई स्थानान्तरण गरियो भन्ने खुलेको छैन। कतिपय कैदीबन्दीले अन्यत्र आफूहरू नजाने र यहीँ बस्ने अडान लिएका छन्। जसमा दीपक मनाङ्गे पनि रहेका छन्। उनले अन्यत्र स्थानान्तरण हुन मानिरहेका छैनन्।

आगलागी भएको भवनमा दमकलबाट आगो निभाउने कार्य जारी रहेको छ।

मंगलबार जेन-जी युवाहरूले ललितपुरस्थित नख्खु कारागारबाट निकालेका थिए। साथै नख्खुबाट सबै कैदीबन्दी बाहिरिएका थिए।

नख्खुबाट रवि निस्किएसँगै डिल्लीबजार कारागारका कैदीबन्दीले पनि आफूहरूलाई साधारण तारेखमा छाड्नुपर्छ भन्दै आन्दोलन गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?