
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको अवस्था सुधारोन्मुख रहेको छ।
उनको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ।
प्रदर्शनकारीले डल्लुस्थित खनाल निवासमा आगजनी गरिदिएपछि खनालपत्नी चित्रकार जलेर घाइते भएकी थिइन्।
उनी घरमा निस्सासिएपछि गम्भीर अवस्थामा पहिले सैनिक अस्पताल र त्यसपछि बर्न अस्पताल लगिएको थियो।
अहिले उनको अवस्था सुधारोन्मुख रहेको र उनी बोल्नसक्ने अवस्थामा रहेको अस्पतालले जानकारी दिएको छ।
(यसअघि देशसञ्चारमा चित्रकारबारे समाजवादीकै एक नेताले जानकारी दिएअनुसार अन्यथा छापिन गएकामा हामी क्षमा माग्छौँ। उहाँको शिघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौँ।)