
काठमाडौँ- सेनाप्रमुख अशोकराज सिग्देलले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नाममा छलफल भइरहेको जानकारी दिएका छन्।
बुधबार साँझ सैनिक मुख्यालयमा सैनिक प्रमुख सिग्देलसँग भेटेपछि बाहिर निस्केर सञ्चारकर्मीहरूसँग यो जानकारी गराएका हुन्।
उनका अनुसार सेनाप्रमुखसँगको भेटमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नाम आएको जानकारी दिएका थिए।
साम्पाङले आफू नेतृत्वका लागि तयार भए पनि जेनजीका प्रतिनिधिहरूले कार्कीको नाम दिएको बताएका हुन्।