
काठमाडौँ – वर्तमान संविधान जोगाउन माग गर्दै प्रदर्शन गर्ने कांग्रेस–एमालेका कार्यकर्तालाई स्वतन्त्र युवाहरूले लखेटेका छन्।
बिहीबार दिउँसो त्रिचन्द्र क्याम्पस अगाडि कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले संविधान जोगाउन माग गर्दै नाराबाजी गरेका थिए।
उनीहरूले नाराबाजी गरिरहँदा स्वतन्त्र युवाहरूले ‘झोले’ भन्दै लखेटेका हुन्।
कांग्रेस, एमाले, माओवादीका नेताहरूले अहिलेको परिस्थितिको समाधान संविधानअनुसार खोज्नुपर्ने अभिव्यक्ति दिन थालेका छन्।