धनगढी – सुदूरपश्चिम प्रदेशको हाल राजधानी रहेको धनगढीमा संविधानको रक्षा गर्नुपर्ने माग गर्दै निषेधाज्ञाका बीच युवाहरुले प्रदर्शन गरेका छन्।
विभिन्न राजनितिक दल सम्बद्ध युवाहरुले बिहीवार दिउँसो धनगढीको मुख्य बजार क्षेत्रमा प्रदर्शन गरेका हुन्। उनीहरुले रगत र बलिदानबाट प्राप्त गरेको संबिधानको रक्षा गर, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, राष्ट्रपतिलाई सार्वजनिक गर लगायत नारासहितका प्ले कार्ड बोकेका थिए। उनीहरुले धनगढी बजारको मुख्य क्षेत्रमा प्रदर्शन गरेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































