
दाङ- दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले भदौ २३ यता भइरहेका विरोध प्रदर्शन, जुलुस र तोडफोडका घटनालाई नियन्त्रण गर्न जारी गरिएको कर्फ्यू आदेशलाई निरन्तरता दिएका छन्।
जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा जारी गरिएको आदेशअनुसार तोकिएका चार क्षेत्रभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने व्यवस्था गरिएको छ। आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम लागू भएको हो ।
कर्फ्यू अन्तर्गत पर्ने क्षेत्रहरूमा राप्ती गाउँपालिकास्थित प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको क्षेत्र र भालुवाङ बजार, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका रहेका छन्।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार भदौ २७ गते अर्थाल भाेलि बिहान ५ बजे सम्म कर्फ्यू आदेश जारी रहने छ।