आन्दोलनका क्रममा भएको आगजनीले उच्च अदालत विराटनगरमा पनि क्षति

आन्दोलनका क्रममा भएको आगजनीले उच्च अदालत विराटनगरमा पनि क्षति
+
-
देशसञ्चार AI सारांश
  • विराटनगर उच्च अदालतमा आगजनीको कारण मिसिल फाइलसहित सम्पूर्ण भौतिक संरचना ध्वस्त भएको समाचार छ।
  • सचिव विनोद तिम्सिनाका अनुसार अदालतका ऐतिहासिक दस्तावेज द्वन्द्वका कारण पूर्णरुपमा नष्ट भएका छन्।
  • पाँच कार, जीप, र मोटरसाइकल जलेर नष्ट हुँदा भौतिक र न्यायिक प्रक्रियामा दशकौंको पछि धकेलिन सक्छ।

मोरङ – जेनजी प्रदर्शनका क्रममा विराटनगरस्थित उच्च अदालतका मिसिल फाइलदेखि सम्पूर्ण भौतिक संरचना ध्वस्त भएका छन्। आगजनी भएको चौथो दिन शुक्रबार अदालतमा कानुनका विद्यार्थी र नेपाल बार एसोसिएसन, उच्च अदालतका पदाधिकारी सरसफाइमा खटिएका थिए।

एसोसिएसनका सचिव विनोद तिम्सिनाका अनुसार अहिलेको अवस्थामा अदालतमा लामो समयदेखि रहेका काजगपत्र खरानी भएको बताए।

उनले भने, ‘मंगलबार गरिएको उपद्रोले अदालतमा रहेका अभिलेखहरुको दाहसंस्कार भएको छ। अदालत जस्तो क्षेत्रमा भएको गतिविधी अपराधिक हो। उनीहरुलाई कानूनी दायरामा ल्याइनुपर्छ।’

सचिव तिम्सिनाले भने, ‘अदालतको मर्यादा, गरिमा र नागरिकको आस्थालाई चिरहरण हुने गरि भएको आगजनी जजसका नाममा भए ती अपराधि गतिविधि भए। यहँका सबै अभिलेख खरानीमा परिणत भएकाछन्। आगलागिका क्षेत्रपछि न्याययिक प्रक्रियाको हिसाबले हामी कम्तीमा १० वर्षपछि धकेलिएका छाँै।’

अदालतमा २०१० सालदेखि संरक्षित अभिलेखहरु जलेर पूर्णरुपमा नष्ट भएको उनले बताए। उनले भने, ‘आगजनिमा परेका भौतिक रुपमा अभिलेखहरु पूर्नजिवित गर्न सक्ने अवस्थामा छैनौ। समग्र भौतिक क्षतिको हिसाबले कम्तीमा ३० र न्यायिक प्रक्रियाको हिजोको जसरी सुरु गर्नपनि हामीलाई कम्तीमा १० वर्ष लाग्न सक्नेछ।’
आगलागि भएको चोथौ दिनसमेत भवन भित्र ठाउँ ठाँउमा खरानी र धुवाँ रहेको उनले बताए।

यस क्रममा अदालत परिसरमा रहेका पाँच वटा कार, एउटा जीप र मोटरसाइकल जलेर नष्ट भएका छन्। आगलागि भएको अदालतको तत्कालिन प्रधान्यायाधीश दामोदरप्रसाद शर्माले २०७१ बैशाख १६ गते उद्घाटन गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?