
मोरङ – जेनजी युवा पुस्ताले बोकेको एजेण्डा र भावना अनुरुप लोकतान्त्रिक बाटो तय गर्नुपर्ने आवश्यक्ता रहेको नेपाली कांग्रेस मोरङले जनाएको छ। कांगे्रसका मोरङ सभापति डिकबहादुर लिम्बूले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको जनाउँदै जेनजी पुस्ताका मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टी कार्यालयमा भएको क्षतिबारे जानकारी दिदै शुक्रबार सभापति लिम्बूले हालको विषम परिस्थितिमा वार्ता र संवाद आवश्यक रहेको जनाएकाछन्। उनले पछिल्लो अवस्थालाई ध्यानमा राखेर संवादबाट निकास निकाल्दै मुलुक निर्माणको अभियानमा जुट्नुपर्ने जनाएका छन्।
जेन्जी पुस्ताको आन्दोलन, भ्रष्टाचार, वेथितिविरुद्ध भए पनि आन्दोलनमा घुसपैठगरी नीजि तथा सार्वजनिक सम्पत्तीमा क्षति पु¥याइएको उनको भनाई छ। आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको आत्माको चीरशान्तिको कामना गर्दै सभापति लिम्बूले शोकाकुल परिवारजनमा समवेदना व्यक्त घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा गरिएको आगजनिसंगै क्षति भएको उनले जानकारी दिए। आगजनिबाट कार्यालयमा रहेको फर्निचरदेखि कागजातहरु जलाएको सभापति लिम्बूले बताएकाछन्। पार्टी कार्यालयको उद्घाटन २०५४ साल फागुन २५ गते तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले गरेका हुन्।