
काठमाडौँ- अन्तरिम प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीशको शपथ शीतलनिवासमा गर्ने तयारी भइरहँदा विभिन्न कूटनीतिक नियोग तथा विभिन्न अधिकारीहरूको गाडी भित्र पस्ने क्रम जारी छ।
शुक्रबार ९ बजे कार्कीको अन्तरिम प्रधानमन्त्रीका रूपमा शपथ गरिने र उनीसँगै तीन सदस्यीय मन्त्रिपरिषद् बनाएपछि उनीसहितको मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गर्ने तयारी भएको हो।
सोही शपथ कार्यक्रमका लागि विभिन्न गाडीहरू शीतलनिवास पसिरहेका हुन्।
बिहीबार बेलुका राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने र उनको मन्त्रिपरिषद्ले संसद विघटन गर्ने सहमति भएको हो।