फेसबुकमा राजीनामा दिएका मधेसका मुख्यमन्त्री भन्छन् ‘म राजीनामा दिन्न’

फेसबुकमा राजीनामा दिएका मधेसका मुख्यमन्त्री भन्छन् ‘म राजीनामा दिन्न’
+
-
देशसञ्चार AI सारांश
  • मुख्यमन्त्री सिंहले फेसबुकमा राजीनामा घोषणा गरे पनि प्रदेश प्रमुखलाई पत्र बुझाउन अहिलेसम्म इन्कार गरेका छन्।
  • आन्दोलनका बीच सिंहले भूमिका खेल्ने ठानिए पनि राजनीतिक परिवर्तनको लागि बाधक बन्ने इच्छा छैन।
  • जनधनको क्षति रोक्न तयार रहेको बताए पनि अहिले क्षति भएर राजीनामाको औचित्य समाप्त भएको देखिन्छ।

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा नदिने बताएका छन् । जेन–जीको आन्दोलनको दिन मंगलबार सामाजिक सञ्जाल फेसबुकमा राजीनामा दिएका मुख्यमन्त्री सिंह प्रदेशप्रमुखलाई राजीनामा पत्र नबुझाउने भएका छन् ।

उनले आन्दोलन भइरहँदा डा. सीके राउतको फेसबुक पेजमार्फत मुख्यमन्त्री सिंहलाई राजीनामा दिन निर्देशन दिएपछि सिंहले राजीनामाको घोषणा गरेका थिए ।

‘जनताको विश्वास र मतबाट निर्वाचित भएर जनप्रतिनिधि बन्नु मेरा लागि जीवनकै ठूलो गौरव थियो । तर नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ ।

नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु’, मुख्यमन्त्री सिंहले फेसबुकमा लेखेका थिए ।

मंगलबार नै फेसबुकमा राजीनामा दिएका सिंहले हालसम्म प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छैनन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीका स्वकीय सचिय टिका उप्रेतीले मुख्यमन्त्रीको राजीनामा पत्र हालसम्म नआएको बताए ।

मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेपनि अहिले आफू राजनीतिक परिवर्तनको लागि बाधक नबन्ने बताए । उनले आफूलाई हटाएर अरुलाई मुख्यमन्त्री बनाउनको लागि राजनितिक खेल हुन्छ भने त्यसको लागि आफू तयार नरहेको बताए ।

‘जनधनको क्षति रोक्नको लागि मैले पद त्याग गर्न तयार रहेको समाजिक संजालमा लेखेको थिए तर जनधनको क्षति भएको कारणले अब त्यो कुराको औचित्य सकिएको छ’, उनले भने ।

जेन–जीको आन्दोलनको क्रममा मधेस प्रदेश सरकारको प्रशासनीक भवन, मधेस प्रदेशसभा लगायत विभिन्न सरकारी कार्यालय तथा नेताहरुको घरमा आगजनी गरिएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?