
काठमाडौं- नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मात्रै पदभार ग्रहण गर्ने भएकी छन्।
उनको पदभार ग्रहणका लागि शुक्रबार राति सञ्चारकर्मी र सुरक्षाकर्मीहरू सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगे पनि कार्की आफैँ भने पुगिनन्।
स्रोतका अनुसार सम्भवत: गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ।
शुक्रबार राति पदभारग्रहण लगत्तै प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा गएकी छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी आन्दोलनकारीले क्षति पुर्याएको कारण सरकारी निवास नगएर उनी आफ्नै निवास गएकी हुन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति नै प्रतिनिधिसभा विघटन गरेका छन्।