
काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की मीनभवनस्थित सिभिल अस्पताल पुगेकी छन्।
उनी शनिबार दिउँसो घाइतेहरूको उपचार भइरहेको सिभिल अस्पताल पुगेकी हुन्। अस्पतालमा उनले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
यसअघि उनले आजै राष्ट्रिय ट्रमा सेन्टर पुगेर त्यहाँ उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएकी थिइन्।
भदौ २३ गते भएको जेनजी आन्दोलनमा सरकारले बर्बर दमन गर्दा प्रहरीको गोली लागेर युवाहरूको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए।
कार्कीलाई जेनजीको समर्थनमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।