
जनकपुरधाम – जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री र मन्त्रीहरूलाई फिर्ता बोलाएको छ।
शनिबार जनमत पार्टी संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता तथा मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलाउने भन्दै प्रदेश प्रमुखलाई पत्र लेखेको हो।
जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुखको कार्यालयलाई मुख्यमन्त्री र मन्त्री फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सहितको निवेदन पठाएको हो।
मधेस प्रदेशमा हाल जनमतबाट मुख्यमन्त्री र दुई जना मन्त्री सरकारमा थिए।
मंगलबार जेनजीको आन्दोलन भैरहेको समय फेसबुकमा राजीनामा दिएको भनेपनि अहिले आएर नदिने भनेका थिए। तर जनमतको संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री र मन्त्रीहरू फिर्ता बोलाउन पत्र लेखेको हो।