जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई जनही १५ लाख दिने निर्णय, दमनबिरुद्ध बनेन छानबिन समिति

जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई जनही १५ लाख दिने निर्णय, दमनबिरुद्ध बनेन छानबिन समिति
+
-
देशसञ्चार AI सारांश
  • सरकारले आन्दोलनमा ज्यान गुमाउनेहरूलाई १० लाख क्षतिपूर्ति र ५ लाख खर्चसहित १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ।।
  • आन्दोलनमा ज्यान गुमाउनेहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्न र शव स्थानान्तरणमा सरकारले सघाउने निर्णय गरेको छ।
  • ज्यान गुमाउने जेनजीहरुको सम्झनामा जेनजी स्मारक निर्माण गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

काठमाडौँ-  सरकारले आन्दोलनमा ज्यान गुमाउनेहरूलाई जनही १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। यद्यपि जेनजी आन्दोलनका क्रममा भएको अत्याधिक दमन र बलप्रयोगबारे छानबिन समिति बनाउनेबारे सोमबारको मन्त्रिपरिषद्ले कुनै निर्णय गरेन।

प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकपछि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय पनि गरेको  जानकारी दिए।

आन्दोलनमा ज्यान गुमाउनेलाई प्रचलनबमोजिम १० लाख क्षतिपूर्ति र ५ लाख खर्चसहित १५ लाख रुपैयाँ दिने निर्णय भएको अर्यालले जानकारी दिए।

आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। त्यस्तै, दाहसंस्कारमा सघाउने र आवश्यक परे गाडी वा हेलिकप्टरबाट शव सम्बन्धित ठाउँसम्म पुर्‍याउन सघाउने निर्णय पनि क्याबिनेट बैठकले गरेको छ।

आन्दोलनमा ज्यान गुमाउने जेन–जीहरूको सम्झनामा जेनजी स्मारक बनाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

यस्तै, भ्रष्टाचारविरुद्ध आयोग बनाउने विषयमा मन्त्री अर्यालले पहिले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकाय भएकोले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा अन्यौल देखिएको र यसबारे पछि थप छलफल हुने बताए।

अन्तरिम सरकारकी प्रधानमन्त्रीमा सुशीला कार्की शुक्रबार नियुक्त भएकी थिइन्। त्यस्तै, सोमबार तीन मन्त्रीहरू रामेश्वर खनाल अर्थ,  कुलमान गुरुङ ऊर्जा र ओमप्रकाश अर्यालले कानुन तथा गृह मन्त्रालयमा नेतृत्व पाएका थिए।

सोमबार साँझ मन्त्रिपरिषद्को पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा बसेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?