
काठमाडौँ – जेन–जी आन्दोलनका सहिदहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
पशुपति आर्यघाटमा मंगलबार दिउँसो राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। त्यस क्रममा नेपाली सेनाको टुकडीले सलामी दिएको थियो।
त्यसअघि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट निकालिएको शव यात्रा चावहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो।
शिक्षण अस्पतालबाट १० जनाको शवयात्रा निकालिएको थियो। त्यसमध्ये ६ जनाको शव काठमाडौँ बाहिर पुर्याउन विमानस्थल लगिएको थियो। ४ जनाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो। उर्जामन्त्री कुलमान घिसिङ पनि पशुपति पुगेका थिए।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गरिसकेको छ।
सहिदका परिवारलाई सरकारले जनही १५ लाख रुपैयाँ उपलब्ध गराउने पनि निर्णय गरेको छ।
तस्बिरहरूः