जेनजी आन्दोलनः लुम्बिनीमा भौतिक क्षति बढी

जेनजी आन्दोलनः लुम्बिनीमा भौतिक क्षति बढी
+
-
देशसञ्चार AI सारांश
  • लुम्बिनी प्रदेश सरकारको सम्पर्क कार्यालय, मुख्यमन्त्री निवास र प्रदेश प्रमुखको कार्यालय जेन्जी आन्दोलनमा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।

  • भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत दाङमा ७ मोटरसाइकल र १ गाडी नष्ट भए भने रुपन्देहीमा १ मोटरसाइकल जलेको छ।

  • लेखा नियन्त्रक कार्यालयमा ९६ लाख बराबरको क्षति भएको छ, जसमा कर्मचारीका सम्पत्ति विवरण र ६ वटा गाडी नष्ट भएका छन्।

दाङ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न निकायमा ठूलो भौतिक क्षति पुगेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री निवास र बुटवल सम्पर्क कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। साथै, मुख्यमन्त्री निवासमा रहेका ३ वटा गाडीसमेत नष्ट भएका छन्।

प्रदेशका निमित्त प्रमुख सचिव लिलाधर सुवेदीका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत दाङमा ७ वटा मोटरसाइकल र १ वटा गाडी नष्ट भएका छन् भने आर्घाखाँचीमा सामान्य तोडफोड भएको छ। शहरी विकास मन्त्रालयअन्तर्गत रुपन्देहीमा १ मोटरसाइकल जलेको छ भने दाङ, लमहीस्थित मन्त्री क्वाटरका सामग्री जलाइएका छन्।

बुटवलस्थित लेखा नियन्त्रक कार्यालयमा करिब ९६ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत रुपन्देही, बाँके र दाङका यातायात कार्यालय, भैरहवास्थित उद्योग निर्देशनालय, दाङको घरेलु तथा साना उद्योग कार्यालय र बाँकेको पर्यटन सूचना केन्द्र पूर्ण रूपमा क्षति भएका छन्।

त्यस्तै, स्वास्थ्य मन्त्री निवासमा क्षति पुगेको छ भने उर्जा मन्त्रालयअन्तर्गत दाङमा ८ वटा मोटरसाइकल जलेका छन्। बन निर्देशनालय पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

आन्तरिक मामिला, युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा भने क्षति नभएको जनाइएको छ। तर, प्रदेश लोक सेवा आयोगमा भने भवनमा आगजनी र तोडफोड हुनुका साथै स्टोर नष्ट भएको, कर्मचारी र जनप्रतिनिधिका सम्पत्ति विवरण जलेर नष्ट भएको र ६ वटा गाडी पूर्ण रूपमा क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

प्रदेश प्रशासनिक परिसर राप्ती उपत्यका, देउखुरीस्थित संरचना भने सुरक्षित रहेको बताइएको छ।

यस्तो छ विवरण: 

 

लुम्बिनी प्रदेश सरकार तथा मातहातका निकायमा २०८२ भदौ २3 र २४ भएको जेन्जी आन्दोलनको क्रममा भएको क्षतिको प्रारम्भिक

संक्षिप्त विवरणः

क्र. .

कार्यालय

क्षति (भए/ नभएको)

( जिल्ला स्थीत कार्यालयका भवन, सवारी साधन ईलेक्ट्रोनिक, काजगात)

कैफियत

.

प्रदेश प्रमुख

  • पूर्ण रुपमा क्षति भएको

.

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वा अन्तर्गत

  • वुटवल स्थीति सम्पर्क कार्यालयः पूर्ण रुपमा क्षति विवरण तयार हुने क्रममा

  • ललितपुर भैसेपाटी स्थीति निवासः पूर्ण रुपमा क्षति/ ३ वटा गाडीहरु पनि नष्ट।

  • थप विवरण तयार हुने क्रममा/

.

भौतिक पूर्वाधार विकास मन्त्रालय

  • सडक पूर्वाधार कार्यालय दाङ सवारी साधनमा क्षति भएको जसमा ७ वटा मोटरसाईकल/ १ गाडी पूर्ण क्षति

  • सडक पूर्वाधार कार्यालय आर्घाखाँची सामान्य तोडफोड।

  • थप विवरण तयार हुने क्रममा।

.

शहरी विकास तथा खानेपानी मन्त्रालय

  • शहरी विकास तथा भवन कार्यालय रुपन्देहीमा १ मोटरसाईकल

  • दाङ लमहीमा भौतिक पूर्वाधार मन्त्री बस्ने क्वाटरको सामान जलाएको।

  • थप विवरण तयार हुने क्रममा।

.

आर्थिक मामिला तथा योजना मन्त्रालय

  • बुटवल स्थीत प्रदेश लेखा नियन्त्रक कार्यालयको भवन तोडफोड भएको/ गाडी सहित करिव ९६ लाखको क्षति भएको ।

  • थप विवरण तयार हुने क्रममा।

.

उद्योग पर्यटन तथा यातायात मन्त्रालय

  • यातायात व्यवस्था कार्यालय सवारीः रुपन्देही/ बाँके/दाङ्ग पूर्ण रुपमा क्षति।

  • यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र रुपन्देही पूर्ण रुपमा क्षति ।

  • उद्योग तथा उपभोक्ता हित निर्देशनालय भैरहवा पूर्ण क्षति।

  • घरेलु तथा साना उद्योग कार्यालय दाङ्ग पूर्ण रुपमा क्षति।

  • पर्यटन डिभिजन भैरहवा गाडी पूर्ण क्षती

  • बाँके जमुनाह स्थीत पर्यटन सुचना केन्द्र पूर्ण क्षति।

  • थप विवरण तयार हुने क्रममा/

.

स्वास्थ्य मन्त्रालय

  • मन्त्री निवास लमही क्षति

  • थप विवरण प्राप्त हुन बाँकी।

.

उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय

  • दाङमा ८ वटा मोटरसाईकल जलेको

  • विवरण प्राप्त हुन बाँकी

.

कृषि भूमी व्यवस्था तथा सहकारी मन्त्रालय

  • विवरण प्राप्त हुन बाँकी

१०.

वन तथा वातावरण मन्त्रालय

  • बन निर्देशनालय पूर्ण रुपमा क्षति

  • थप विवरण प्रप्त हुन बाँकी।

११.

आन्तरिक मामिला तथा कानुन मन्त्रालय

  • क्षति नभएको

१२.

युवा तथा खेलकुद मन्त्रालय

  • क्षति नभएको

१३.

सामाजिक विकास मन्त्रालय

  • क्षति नभएको

१४.

प्रदेश लोक सेवा आयोग

  • भवन आगजन तथा तोडफोड

  • स्टोर पुर्ण नष्ट

  • प्रदेश स्थापन देखी २०८०/०८१ सम्मका कर्मचारी र जनप्रतिनिधीक सम्पति विवरण पुर्ण नष्ट

  • ६ वटा सवारी साधन पुर्ण नष्ट

  • थप विवरण प्राप्त हुन बाँकी

लिलाधर सुवेदी

प्रदेश सचिव(कानुन)

हाल निमित्त प्रमुख सचिव

मितिः २०८२।५।३१ (५ बजे सम्म)

सम्पर्क नं 9856029947

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?