बाराको राष्ट्रिय वन क्षेत्रमा प्रवेश निषेध, उल्लंघन गरे कारबाही गरिने

बाराको राष्ट्रिय वन क्षेत्रमा प्रवेश निषेध, उल्लंघन गरे कारबाही गरिने
+
-
देशसञ्चार AI सारांश
  • बारामा बाघ लगायतका वन्यजन्तुको आक्रमणबाट केही व्यक्तिको मृत्यु भएपछि राष्ट्रिय वन क्षेत्रमा प्रवेश निषेध गरिएको छ।
  • डिभिजन वन कार्यालयले चार किल्ला निर्धारण गर्दै वन क्षेत्रमा प्रवेश र विभिन्न गतिविधि पूर्णरूपमा रोक लगाएको छ।
  • वन क्षेत्रभित्र गाडी रोक्न नपाइने र निर्देशन अवज्ञा गरे कानुनी कारबाही भई क्षति जिम्मेवारी आफूले लिनुपर्ने चेतावनी दिइएको छ।

जनकपुरधाम- बारामा रहेको राष्ट्रिय वन क्षेत्रमा प्रवेश निषेध गरिएको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ र ४ को वन क्षेत्रमा केही समययता बाघ लगायतका वन्यजन्तुको आक्रमणका कारण केही व्यक्तिको मृत्यु भएपछि डिभिजन वन कार्यालय बारा, सिमराले सूचना जारी गर्दै प्रवेश निषेध गरेको जानकारी दिएको छ।

डिभिजन वन अधिकृत राजीव कुमार झाका अनुसार, वन कार्यालयले राष्ट्रिय वन क्षेत्रको चार किल्ला निर्धारण गर्दै उक्त क्षेत्रमा प्रवेश निषेध गरेको हो। वन क्षेत्रमा प्रवेश निषेध पूर्वमा बकैया खोला, पश्चिममा वीरगञ्ज–हेटौँडा जाने त्रिभुवन राजपथको सडक खण्ड, उत्तरमा बारा र मकवानपुरको सिमाना, र दक्षिणमा सिमरा–बडहर्वा हुँदै कोल्हबी जाने बाटोसम्म लागू हुने जनाएको छ।

असोज १ गतेदेखि असोज ७ गतेसम्मका लागि वन क्षेत्रमा प्रवेश पूर्णरूपमा निषेध गरिएको छ। निषेधित क्षेत्रमा आवतजावत, घरपालुवा जनावर लैजान, च्याउ टिप्न, काठ, दाउरा, खरघाँस, पात, सोत्तर लगायतका वन पैदावार लिन, भोज–भतेर वा पिकनिक जान पूर्णरूपमा रोक लगाइएको छ।

वन कार्यालयले चेतावनी दिँदै भनेको छ कि निर्देशन अवज्ञा गरी निषेधित क्षेत्रमा गए कानुन अनुसार कारबाही गरिनेछ र जनावरको आक्रमणबाट हुने कुनै पनि जनधनको क्षतिको जिम्मेवारी आफैंले लिनुपर्नेछ। साथै, वन क्षेत्रभित्र पूर्व–पश्चिम लोकमार्ग र सहायक मार्गमा गाडी रोक्न वा पार्किङ गर्न नपाइने उल्लेख गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?