संसदीय दलको सिफारिसपछि जनमतले सोध्यो मधेसका मुख्यमन्त्रीसँग स्पष्टीकरण

संसदीय दलको सिफारिसपछि जनमतले सोध्यो मधेसका मुख्यमन्त्रीसँग स्पष्टीकरण
+
-
देशसञ्चार AI सारांश
  • मुख्यमन्त्री सिंहले फेसबुकमार्फत राजीनामा घोषणा गरेपछि पनि अन्ततः राजीनामा नदिइ पार्टीको आदेशको उल्लंघन गरे।
  • जनमत पार्टीले मुख्यमन्त्रीको व्यवहारले पार्टीको छविमा आँच पुगेको बताउँदै अनुशासनको कारबाहीको माग पेश गर्‍यो।
  • संसदीय दलले मुख्यमन्त्रीलाई २४ घण्टे स्पष्टीकरण मागे तापनि उनले समयावधिभित्र कुनै जवाफ दिएनन्।

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग उनको पार्टीले स्पष्टीकरण सोधेको छ। जनमत पार्टीले निर्देशन दिएपछि जेनजी आन्दोलनको दोस्रो दिन मुख्यमन्त्री सिंहले फेसबुकमा राजीनामा दिएको घोषणा गरेपनि पछि राजीनामा दिन आनाकानी गरेपछि पार्टीले साधारण सदस्य समेत नरहनेगरी किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधेको हो।

पार्टीका केन्द्रीय अनुशासन समितिका संयोजक एवं पार्टीका केन्द्रीय अध्यक्ष नरेन्द्र प्रसाद चौधरीले ३ दिन भित्र स्पष्टीकरण दिन अनुरोध गरेको हो। उनले संसदीय दलले प्रदेश सरकारमाथि विश्वास नरहेको भनी प्रदेश सरकारबाट बाहिरिने र मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको र मुख्यमन्त्री स्वयं फेसबुकमा राजीनामा दिइसकेकाले अहिले मुख्यमन्त्री पदबाट राजीनामा नदिएको, पार्टीको छविलाई आँच पुर्याउने काम गरेको, अरु पार्टीहरुसँग साँठगाँठ गरी पार्टीको हित विपरित काम गरिरहेको भन्दै पार्टीको साधारण सदस्य नरहनेगरी किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधेको हो।

जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार संसदीय दलले आफ्नो मुख्यमन्त्री र मन्त्रीहरुलाई फिर्ता बोलाउँदै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालय तथा प्रदेशसभा सचिवालयमा बुझाइसक्दा समेत मुख्यमन्त्रीले राजीनामा नदिएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो।

यादवका अनुसार संसदीय दलले मुख्यमन्त्री सिंहलाई २४ घण्टे स्पष्टीकरण मागेकोमा बुधबार नै समय सकेपनि उनले स्पष्टीकरण नदिएको बताए। संसदीय दलले मागेको स्पष्टीकरण नदिएपछि बुधबार पार्टीको केन्द्रीय सचिवालयमा अनुशासनको कारबाहीको माग गर्दै सिफारिस गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?