संविधान रक्षा गर्न सबैले हातेमालो गरौं: मुख्यमन्त्री कार्की

संविधान रक्षा गर्न सबैले हातेमालो गरौं: मुख्यमन्त्री कार्की
+
-
देशसञ्चार AI सारांश
  • मुख्यमन्त्री कार्कीले संविधान दिवसमा भावनात्मक भन्दा विवेकसम्मत भएर राष्ट्रहितलाई प्राथमिकतामा राख्न जोड दिए।
  • प्रदेश सरकारले युवाको ऊर्जा सदुपयोग गर्दै समृद्ध नेपालको आकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए।
  • उनले राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले जिम्मेवारीपूर्वक अघि बढ्न आह्वान गरे।

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा सबैले आवेग र उत्तेजनाभन्दा माथि उठेर राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी विवेकसम्मत ढङ्गले अघि बढ्नु पर्नेमा जोड दिएका छन्।

कार्यक्रममा उनले युवाहरूको ऊर्जा, सिर्जनशीलता र सीपलाई सदुपयोग गर्दै समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, भदौ २३ गते भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको माग गर्दै प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति पनि उनले श्रद्धाञ्जली व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले विगत सात दशकभन्दा बढी लामो संघर्ष र बलिदानबाट हासिल भएको संविधानको संरक्षण गर्नु आवश्यक रहेको बताए। नेपाली जनताको बलिदानबाट २०७२ साल असोज ३ गते जारी भएको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधारस्तम्भ रहेको उनको भनाइ छ।

कार्कीले भने, “हाम्रो यो ऐतिहासिक संविधानको रक्षाका लागि सबै नेपालीले हातेमालो गर्नुपर्छ। संविधान कार्यान्वयनमा देखिएका समस्याहरूलाई विधिपूर्वक संशोधनमार्फत समाधान गर्दै अघि बढ्नु पर्छ। मुलुकमा राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्नु हामी सबैको जिम्मेवारी हो।”

साथै उनले प्रदेश सरकारले संविधानको पालना, कानुनको शासन, सुशासन र पारदर्शिता कायम गर्दै भ्रष्टाचार निवारणमा कटिबद्ध रहेको बताए। यसबीच सामाजिक–आर्थिक विकासलाई तीव्रता दिँदै राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु अहिलेको मुख्य जिम्मेवारी रहेको उनले प्रष्ट पारे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?