
काठमाडौँ- संविधानको पूर्ण कार्यान्वयन र प्रणालीगत सुधारको माग गर्दै माइतीघर मण्डलामा जेनजीले “संविधानलाई अँगाल्दै, परिवर्तनको बाटो खोल्दै” नारासहित प्रदर्शन गरेका छन्।
शुक्रबार दिउँसो आयोजित उक्त कार्यक्रममा सहभागी युवाहरूले देशमा व्याप्त भ्रष्टाचार, राजनीतिक अस्थिरता र बेरोजगारीका विरुद्ध प्रदर्शन गरेका हुन्।
उनीहरूले संविधानमा उल्लेख भएका जनताका अधिकारहरू व्यवहारमा लागू हुनुपर्नेमा जोड दिए।
तस्बिरहरूः