
विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्ना कार्यकर्तालाई चुनावमा होमिन आग्रह गरेका छन्।
विराटनगरस्थित निवासमा भएको पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले अब चुनावको विकल्प नभएको भन्दै छ महिनापछि हुने चुनावमा संयम भएर लाग्न आग्रह गरेका हुन्।
उनले कसैसँग डराउनु पर्ने अवस्था पनि नरहेको बताए। ‘म भन्छु कार्यकर्ताहरूलाई पनि भन्छु यो सरकारले छ महिनापछि निर्वाच गराउँदै छ। तपाईंहरू अब चुनावमा लाग्नुस्। संयम हुनुस्। नडराउनुस्’, उनले भने।
जेन-जी आन्दोलनपछि पूर्वप्रधान्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारलाई चुनाव गराउनेबाहेक अर्को अधिकार नभएको पनि डा. कोइरालाले बताए।
फाइल तस्बिर