
- मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनसँग सम्बन्धित घटनाको न्यायिक छानबिन गर्न अन्तरिम सरकारलाई आग्रह गरेका छन्।
- उनले लिपुलेकमा चीन र भारतको व्यापारिक सम्झौता कारण विषम परिस्थिति सिर्जना भएको भन्दै समीक्षा आवश्यक बताए।
- मुख्यमन्त्री आचार्यले मुलुकलाई पछाडि धकेल्ने परिस्थिति सामना गर्न नागरिकस्तरमा सहकार्य गर्नुपर्ने धारणा राखे।
अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गते जेन्जी आन्दोलनका क्रममा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारसँग आग्रह गरेका छन्।
नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पूर्ण बैठकलाई शनिबार अर्घाखाँचीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले न्यायिक छानबिन आयोग गठन गरेर घटनाको अनुसन्धान अघि बढाउन वर्तमान सरकारले हिम्मत गर्नुपर्ने बताएका हुन।ञअहिले जुन सरकार बनेको छ, यसले आँट गरेर न्यायिक छानबिन गर्ने हो भने कठघरामा को को उभिनुपर्छ भन्ने देखिनेछझउनले भने, ‘न्यायिक छानबिन गरेर घटनामा दोषी देखिएकालाई कानुनी कारबाही गर्न सरकारले आँट गरोस्।’
आन्दोलनको नाममा भएको अराजकताबारे सबैले समीक्षा गर्न आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ।ञतपाईँ हाम्रा घर सुधार्न जरुरी छ। घर भनेको पहिलो पाठशाला हो। आमा९बुवाले राम्रो ज्ञानगुनका कुरा सिकाउने थलो होझउनले भने ९ञके गर्न हुन्छ, के गर्न हुँदैन भन्ने कुरा सिकाउन जरुरी छ।
मुलुकलाई २० वर्ष पछाडि धकेल्ने गरी विषम परिस्थिति सिर्जना गरिएको उल्लेख गर्दै उनले यस्ता परिस्थितिको सामना गर्न पार्टीपंक्ति तथा नागरिकस्तरमा सहकार्य आवश्यक रहेको धारणा राखे।
नेपालको भूमि लिपुलेकमा चीन र भारतले व्यापारिक केन्द्र बनाउने भन्दै सम्झौता गरेको कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध षड्यन्त्र गरी विषम परिस्थिति सिर्जना गरिएको मुख्यमन्त्री आचार्यको दावी छ।
‘लिपुलेकमा चीन र भारतले व्यापारिक केन्द्र बनाउने भनेर सम्झौता गरे। त्यसको विरोध नगरी मुखदर्शक बनेर समर्थन गरेर बसेको भए केपी शर्मा ओलीको सरकार पनि अपदस्त हुने थिएन। आज मुलुकमा यस्तो विषम परिस्थिति सिर्जना हुने पनि थिएन। यो कुरा त हामी सबैले पक्कै पनि बुझेका छौँ भन्ने लागेको छझउनले भने९ञ सामाजिक सञ्जाल बन्द नभएको भए पनि यो घटना घटाउने थिए। यो तानाबाना अलि पहिला नै बुनिएको रहेछ। अब सबै कुरा खुल्दैजानेछन।’
सन्धिखर्क नगरकमिटीका अध्यक्ष कुशल भुसालको अध्यक्षतामा तथा पार्टी केन्द्रीय सदस्य एवं मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो।