दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना पक्राउ

दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना पक्राउ
+
-
देशसञ्चार AI सारांश
  • नेपालगञ्जमा पाँच जनाको समूह चोरी गर्न खोज्दा दुई जनालाई गोलीका खोकासहित स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए।
  • पक्राउ परेकाहरू बर्दिया र भारत बाबागञ्जका हुन् र उनीहरूको साथबाट २,०९६ गोलीका खोका बरामद भए।
  • चोरीको चेतावनीसहित पर्चा टाँसिएकाले स्थानीयवासीले रातभरि नियमित गस्ती गर्दै आएका हुन्।

नेपालगञ्ज – नेपालगञ्जमा दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना चोरलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। नेपालगञ्ज उपहानगरपालिका–३ एकलैनीमा आज चोरी गर्न आएका पाँच जनाको समूहले विद्युत् पोलको लाइटमा ढुङ्गा हानेर फोड्न लाग्दा स्थानीयले उनीहरूलाई घेराउ गरी नियन्त्रणमा लिन खोज्दा सुरुमा एक जना पक्राउ परेको र अन्य भागेको वडा नं ३ का अध्यक्ष मोहम्मद अय्युब सिद्दिकीले जानकारी दिए।

एक जनालाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा अर्का एक बोरा बोकेका व्यक्ति साथीको अवस्था बुझ्न आएको अवस्थामा उनलाई पनि पक्रेर प्रहरीलाई बुझाइएको उनले बताए।

ती व्यक्तिले बोकेको बोरामा दुई हजार ९६ थान गोलीका खोका र केही औजार भेटिएका वडाध्यक्ष सिद्दिकीले जानकारी दिए। स्थानीयले नियन्त्रणमा लिएका दुवै जनालाई वडा प्रहरी कार्यालय नेपालगन्जमा बुझाइएको छ।

पक्राउ परेकामध्ये एक जना बर्दिया र अर्को भारत बाबागञ्जको रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले स्थानीयले नियन्त्रणमा लिएर बुझाएका चोर र उनीहरूबाट बरामद भएका गोलीका खोकाबारे अनुसन्धान भइरहेको बताए।

यसअघि यहाँ चोरी गर्ने चेतावनी दिँदै त्यसअघि विद्युत् पोलमा पर्चा टाँसिएको भेटिएको थियो। यहाँ स्थानीयवासीले टोलमा रातभरि नियमित गस्ती गर्दै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?