विराटनगर आएका अर्थमन्त्रीले जेनजी घाइतेको स्वास्थ्य अवस्था बुझे

विराटनगर आएका अर्थमन्त्रीले जेनजी घाइतेको स्वास्थ्य अवस्था बुझे
+
-

मोरङ – अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा घाइते भएका मोरङका सान्तनु ढकाललाई भेटेका छन्। बुधबार विराटनगर आएका अर्थमन्त्री खनालले दिउँसो बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत १८ वर्षीय ढकालको स्वास्थ्य अवस्था बुझेका थिए।

यसक्रममा अर्थमन्त्री खनालले ढकालको स्वास्थ्य अवस्था, उपचारदेखि आर्थिक पाटोमा जिज्ञासा राखेका थिए। त्यसैगरी, घाइते ढकालले कपीमा लेखेर उनीसँग आफ्ना कुरा ब्यक्त गरेका थिए।

बूढीगंगा गाउँपालिका–७ का स्थानीय ढकाललाई भदौ २३ गते इटहरी उपमहानगरमा भएको आन्दोलनका क्रममा गोली लागेको थियो। अनुहारमा गोली लागेर अस्पतालमा उपचार गरिरहेका ढकालको अस्पतालले निःशुल्क उपचार गरिरहेको छ।

सान्तनुका बुबा महेश ढकालका अनुसार शिक्षण अस्पताल सम्पूर्ण उपचार निःशुल्क भइरहेको छ। उपचार, शल्यक्रिया तथा औषधिसमेत पूर्णरुपमा हस्पिटलले निःशुल्क उपलब्ध गराएको उनले बताए। यसक्रमा उनले सान्तनुको नाममा कसैले पनि आर्थिक संकलन नगर्न आग्रह गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?