कैलालीमा एक साधुको हत्या

कैलालीमा एक साधुको हत्या
+
-

धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ चुनेपानीमा एक साधुको हत्या गरिएको छ। चुनेपानीस्थित लक्ष्मीनारायण मन्दिरको बगैँचामा रहेको कुटीमा बस्दै आएका भगत रामनारायण डगौराको हत्या भएको हो।

बुधबार राति करिब साढे १२ बजे साधु डगौराको हत्या भएको प्रहरीले जनाएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ७८ वर्षीय डगौराको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको कैलाली प्रहरीले जनाएको छ।

मृतक डगौराको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या भएको विवरणसहितको जाहेरी प्रहरीमा दर्ता भएको छ। उक्त जाहेरी लक्ष्मीनारायण मन्दिरका तर्फबाट दर्ता भएको हो।

भगत डगौरा १६ वर्षदेखि चुनेपानीस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा बनेको कुटीमा बस्दै आएका थिए। साधुको मृत्यु प्रकरणमा शंकास्पद एक जनालाई मलाखेती प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’