मधेस प्रदेशमा चाडपर्व लक्षित ६ हजारभन्दा बढी प्रहरी परिचालन

मधेस प्रदेशमा चाडपर्व लक्षित ६ हजारभन्दा बढी प्रहरी परिचालन
+
-
देशसञ्चार AI सारांश
  • मधेस प्रदेशमा दसैँ, दीपावली र छठ पर्वका लागि ६,३६३ जना प्रहरी परिचालन गरिएको छ।
  • सुरक्षित रुपमा पर्व मनाउन आठ वटै जिल्लामा विशेष सुरक्षा योजना तयार पारिएको छ।
  • विभिन्न दर्जाका ७५६ जना पैदल गस्ती र १,१६० जना पिकेटका लागि खटाइएको छ।

जनकपुरधाम – नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्वको सुरक्षाका लागि मधेस प्रदेशमा ६ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। सोमबारदेखि सुरु भएको दसैँ, आउन लागेको दीपावली तथा छठ पर्वका लागि मधेस प्रदेशको ८ वटै जिल्लामा गरी ६ हजार ३६३ जना प्रहरी परिचालन गरिएको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाका अनुसार विना कुनै डर त्रास सुरक्षित रुपमा पर्वहरु मनाउनका लागि आठ वटै जिल्लामा विशेष सुरक्षा योजना तयार गरिएको हो।जसअनुसार आठ वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको हो। प्रवक्ता थापका अनुसार प्रदेशमा चाडपर्वको सुरक्षामा प्रहरी नायव महानिरीक्षकसहित विभिन्न दर्जाका प्रहरी कर्मचारीहरु परिचालन गरिएको हो। प्रदेश कमाण्ड पोष्टका लागि प्रहरी नायव महानिरीक्षक १ जना, प्रहरी निरीक्षक १ जनालगायत विभिन्न दर्जाका प्रहरी गरी १० जना परिचालन गरिएको हो।

यस्तै, प्रदेश रिजर्भका लागि १६२ जना, जिल्ला कमान्ड पोष्टका लागि ६६ जना, जिल्ला रिजर्भका लागि २५९,क्युआरटी परिचालनका लागि ३२७ जना, स्ट्राइकिङ्गका लागि १८३, ट्राफिक सहितको चेकिङ्गका लागि ४४२ जना, मोबाइल गस्तीका लागि ५३३ जना विभिन्न दर्जाका प्रहरी खटाइएको हो। यस्तै, पैदल गस्तीका लागि ७५६ जना, पिकेटका लागि १ हजार १६० जना, राजमार्गमा स्कर्टिङ्गका लागि१५७ जना, यात्रु सहायता कक्षका लागि १५१ जना, सिमा नाकाहरुमा चोरी तस्करी नियन्त्रण गर्न ३२६ जना प्रहरी परिचालन गरिएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक थापाले जानकारी दिए।

यस्तै धार्मिक तथा पर्यटक स्थलहरुमा सुरक्षाका लागि ३९८ जना, बजार अनुगमन, खबर/सूचना संकलन, एम्बुस,आर्थिक कारोबार हुने स्थलहरुको सुरक्षा लगायत विभिन्न ड्युटीका लागि प्रहरी परिचालन गरिएको हो। चाडपर्व सुरु भएसँगै बजारमा सर्वसाधारणको चहलपहल बढेको छ। यस्तो अवस्थामा हुन सक्ने आपराधिक घटना न्यूनिकरण गर्न प्रहरीले विशेष सुरक्षा योजना तयार पारी प्रहरी परिचालन गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?