
अ
+
अ
अ
-
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी छन्।
जेन–जी आन्दोलनपछि भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी कार्कीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गरेकी हुन्।
सम्बोधनका क्रममा उनले जेन–जी आन्दोलनमा दमन गर्ने दोषीहरूउपर कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।
त्यस्तै, उनले शासकीय प्रणाली परिवर्तन गर्ने विषय अहिलेको सरकारको कार्यक्षेत्रमा नपर्ने पनि स्पष्ट पारिन्।
युवा पुस्तालगायत परिवर्तन पक्षधर आमनेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्न उनले आग्रह गरिन्।