जेनजी आन्दोलनको क्रममा मधेस प्रदेशका ९० वटा प्रहरी कार्यालयमा क्षति

जेनजी आन्दोलनको क्रममा मधेस प्रदेशका ९० वटा प्रहरी कार्यालयमा क्षति
+
-
देशसञ्चार AI सारांश
  • जेन–जी आन्दोलनको क्रममा क्षतिग्रस्त मधेस प्रदेशका ९० प्रहरी कार्यालय अहिले पुनः सञ्चालनमा आइसकेका छन्।
  • प्रदर्शनमा १३ प्रहरी कार्यालय पूर्ण र ७७ कार्यालय आशिंक रुपले क्षति हुँदा ७ करोड ३१ लाखको नोक्सानी भयो।
  • मधेस प्रदेशका विभिन्न २०७ कार्यालयमा आगजनी तथा तोडफोड हुँदा ८४ प्रहरी र १२ सर्वसाधारण घाइते भए।

जनकपुरधाम- मधेस प्रदेशमा जेन–जी आन्दोलनको क्रममा आशिंक तथा पूर्ण रुपले क्षतिग्रस्त भएको प्रहरी कार्यालयहरु सञ्चालनमा आएको छ ।

भदौ २३ गते देशभर चलेको जेन–जी प्रदर्शनको क्रममा मधेस प्रदेशमा रहेको ९० वटा प्रहरी कार्यालयमा क्षति पुगेको थियो । प्रदर्शनका कारण आगजनी तथा तोडफोड भएको कार्यालयहरु पुनः स्थापित भइसकेको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाका अनुसार प्रदर्शनको क्रममा १३ वटा प्रहरी कार्यालयमा पूर्ण रुपले क्षति भएको तथा ७७ वटा कर्यालयमा आशिंक क्षति भएको छ ।

उनका अनुसार प्रहरी कार्यालयमा ७ करोड ३१ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको क्षति भएको हो । धनुषामा सबैभन्दा बढी प्रहरी कार्यालयमा क्षति पुगेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयसहित २३ वटा प्रहरी कार्यालयमा क्षति भएको थियो । यस्तै, सर्लाहीमा २०, सिरहामा १४,रौतहटमा १२, पर्सामा ११, सप्तरीमा ६, बारामा ३ र महोत्तरीमा एउटा प्रहरी कार्यालयमा क्षति पुगेको थियो ।

प्रदर्शनको क्रममा भएको आगजनी तथा तोडफोडको कारण २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबरको क्षति भएको हो । प्रदेश प्रहरीका अनुसार ८ वटा चारपांग्रे र २५ वटा दुई पांग्रे गाडीमा पूर्ण रुपले क्षति भएको हो भने १४ वटा चार पांग्रे र २ वटा दुई पांग्रे गाडीमा आशिंक क्षति पुगेको हो ।

प्रदर्शनको क्रममा मधेस प्रदेशमा रहेको विभिन्न २०७ वटा कार्यालयमा आगजनी तथा तोडफोड गरिएको प्रहरीले जनाएको छ। प्रदर्शनको क्रममा ८४ जना प्रहरी र १२ जना सर्वसाधारण घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?