जोगबनी बजारमा तनाव, नेपालतर्फबाट सीमा क्षेत्रको ढाट बन्द

जोगबनी बजारमा तनाव, नेपालतर्फबाट सीमा क्षेत्रको ढाट बन्द
+
-
देशसञ्चार AI सारांश
  • भारतको जोगबनी बजारमा दुई समुदायबीच झडप हुँदा स्थिति असामान्य बनेपछि नेपालतर्फबाट सीमा बन्द गरिएको छ।
  • स्थानीय मुश्लिम र हिन्दु समुदायबीच तनाव उत्पन्न भएपछि नेपालीलाई जोगबनी प्रवेशमा रोक लगाइएको छ।
  • इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका बारेमा गलत टिप्पणीको विरोधमा सुरु भएको तनाव उग्र भएको बताइन्छ।

मोरङ – भारतको विहार राज्यअन्तर्गत जोगबनी बजारमा तनाव उत्पन्न भएको छ। विराटनगरको सीमामा पर्ने जोगबनी बजारमा शुक्रबार दिउँसो स्थानीय दुई समुदायबीच तनाव उत्पन्न भएको हो।

जोगबनी विराटनगर र आसपासबाट खाद्यान्न र लत्ताकपडा खरिद गर्ने बजारका रुपमा परिचित छ। जहाँ बिहानबाटै बेलुकासम्म नेपाली सरसामान खरिदका लागि पुग्ने गर्छन्। स्थानीय सुभाष गौतमका अनुसार आज बिहान जोगबनीमा दुई समूदायबीच झडप हुँदा स्थिति असामान्य बनेको हो।

जोगबनी बजारबाट होहल्ला सुनेपछि ढाट पुगेका गौतमले भारतीय बजारमा तनाव भएको बताए। स्थानीय मुश्लिम समुदाय र हिन्दुबीच तनाव भएको उनको भनाइ छ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारततर्फ भागदौड मच्चिएपछि हाल ढाट बन्द गरिएको छ। सो क्षेत्रको अवस्था असमान्य बन्दै गएको देखिएपछि हाल नेपालबाट जाने क्रम रोक्न सीमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

यससँगै सरसामान खरिदका लागि बिहानै जोगबनी पुगेकाहरू पनि फर्किने क्रम जारी रहेको बताउँदै प्रजिअ यादवले भने, ‘नेपालीलाई जोगवनी प्रवेशमा रोक लगाइएको छ।’ विराटनगरको रानी नाकामा अहिले ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ।

दशैँका लागि सो क्षेत्रमा नेपालबाट ठूलो संख्यामा सर्वसाधारण पुग्ने गरेका छन्। हाल जोगबनी बजारमा घटना भएपछि सुरक्षाकर्मीले जोगबनी जान लागेका नेपालीलाई सीमा क्षेत्रमै रोकेका छन्।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार आज बिहान करिब ११ बजेदेखि सुरु भएको तनाव पछिल्लो समय उग्र बन्दै गएको थियो। इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका बारेमा गलत टिप्पणी गरिएको विरोध सुरु भएको बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?