
मोरङ – कोशी प्रदेशसभाको सातौं तथा चालु अधिवेशन अन्त्य भएको छ। कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रम्ुख परशुराम खापुङले शुक्रबार मध्यरात १२ बजेबाट प्रदेश सभाको चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन्।
प्रदेश कार्यालयबाट जारी विज्ञप्तिअनुसार मुलुकको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चालु सातौं अधिवेशन अन्त्य भएको जनाएका हुन्। कोशी प्रदेशको चालु अधिवेशनमा आठवटा विधेयक पारित भएको थियो।
तर, गत भदौ २३ र २४ गते जेन्जी आन्दोलनका क्रममा प्रदेशसभा भवनमा आगजनि र तोडफोड गरिएपछि थप समस्या उत्पन्न भएको थियो। आगजनि र तोडफोडबाट प्रदेश सभा बैठक बस्ने भवन र सचिवालयको भवन जलेर खण्डहर बनेको छ। बैठक सञ्चालन हुन नसक्ने अवस्था भएपछि सरकारले नयाँ संरचनाको खोजीगरिरहेको छ। यसक्रममा कटहरी गाँउपालिकाको महेशपुरस्थित कृषि बजारलाई समेत तत्कालका लागि प्रदेश सभा भवनको रुपमा अघि बढाउन सकिनेतर्फ संकेत गरेको छ।