माओवादी आन्दोलनको पर्याय बनेका प्रचण्ड ३८ वर्षपछि नेतृत्वबाट हट्न तयार

माओवादी आन्दोलनको पर्याय बनेका प्रचण्ड ३८ वर्षपछि नेतृत्वबाट हट्न तयार
+
-
देशसञ्चार AI सारांश
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३८ वर्षपछि पार्टीको प्रमुख नेतृत्वबाट विश्राम लिने घोषणा गरेका छन्।
  • पार्टीको विशेष महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णयसँगै दाहाल अब संयोजकको रुपमा मात्र रहनेछन्।
  • दाहाल नेतृत्वबाट बाहिरिन थालेपछि पार्टीमा उनको भूमिकाबारे छलफल हुँदै निर्देशक कमिटी गठनको पहल भइरहेको छ।

काठमाडौँ – अविछिन्न ३८ वर्षदेखि पार्टी नेतृत्वमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विश्राम लिन तयार भएका छन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको परिणाम स्वरुप माओवादीले अरु दलभन्दा पहिला नेतृत्व परिवर्तन गर्ने मेसो ल्याएको छ।

जेनजी पुस्ताको माग बमोजिम नेतृत्व र कार्यशैली बदल्न भन्दै माओवादीको शुक्रबार सम्पन्न केन्द्रीय कमिटि बैठकले आउँदो मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। एकीकृत समाजवादी, नेकपासहितका दलसँग जारी एकता प्रयासले सार्थकता नपाए माओवादी तोकिएकै मितिमा महाधिवेशन गर्न तत्पर छ।

यदि पार्टी एकता भयो भने केही समय महाविधेशन सर्ने नेताहरुको बुझाइ छ। त्यस्तो अवस्थामा एकताको महाधिवेशनमा परिणत हुने नेता माधव सापकोटा दाबी बताउँछन्।

विशेष महाधिवेशनमा जाने निर्णयसँगै माओवादीलाई केन्द्रीय कमिटि भंग गर्दै महाधिवेशन आयोगक कमिटिमा रुपान्तरण गरेको छ। शुक्रबारदेखि प्रचण्ड अध्यक्षबाट महाधिवेशन आयोगक कमिटिको संयोेजक भएका छन्।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक। तस्बिरः रासस

केन्द्रीय कमिटिको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले अब आफू अध्यक्ष नरहेको घोषणा गरेका छन्। गाडी चढ्दै दाहालले भने, ‘आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो। अब म अध्यक्ष रहिनँ, अब म संयोजक मात्रै हो।’

दाहालको यो भनाइले अब फेरि पार्टीको मुख्य नेतृत्वमा नफर्किने संकेत गरेको छ। दाहालका विश्वासपात्र नेता वर्षमान पुनले पनि अब उनी विशेष महाधिवेशनमा नेतृत्वको आकांक्षी नभएको दाबी गरे।

केन्द्रीय बैठककोे समापनपछि पुनले दाहालले विशेष महाधिवेशनमा उम्मेदवार नै नबन्ने दाबी गरे। त्यसअघि बैठकमा नेतृत्व परितर्वनबारे पुनले भनेका थिए, ‘नेतृत्व हस्तान्तरणबारे बहस भइरहेको छ। त्यस प्रश्नहरूको जवाफ महाधिवेशनबाट खोजौँ, बुद्धिजीवी र जनतासँग सुझाव लिएर विधिवत् रूपमा नेतृत्व हस्तान्तरणको प्रक्रिया बनाउनुपर्छ। अध्यक्षले म धेरै बस्दिनँ, फरक भूमिका बस्छु भन्नुभएकै छ।’

पार्टीभित्र र बाहिर नेतृत्व छाड्न पुराना नेताहरुमाथि चर्को दबाब र घेराबन्दी सुरु भएको अवस्थामा माओवादी आन्दोलनकै पर्याय बनेका दाहालले मुख्य नेतृत्वबाट बाहिरिनेछन्।

त्यसपछि पार्टीमा उनको भूमिका कस्तो हुने भन्नेबारे पनि छलफल अघि बढेको छ। दाहालसहितका नेताहरुको व्यवस्थापनका लागि निर्देशक कमिटी बनाउने र त्यसको संयोजक दाहाल रहने विकल्पमा माओवादी नेताहरु करिब सहमति नजिक छन्।

त्यसैलाई संकेत गर्दै दाहालले शुक्रबार भनेका हुन सक्छन्, ‘अब म अध्यक्ष रहिनँ, अब म संयोजक मात्रै हो।’

दाहाल २०४४ सालको सेक्टर काण्डबाट मोहन वैद्य किरणलाई महासचिवबाट हटाएर उनी महामन्त्री बनेका हुन्। त्यसपछि उनी निरन्तर पार्टीको नेतृत्वमा छन्। पछिल्लोपटक २०७८ पुसमा उनी पार्टी अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए।

यो पनि पढ्नुहोस्

अब म अध्यक्ष रहिनँः दाहाल

अब म अध्यक्ष रहिनँः दाहाल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?