
चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ।
बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुर मर्मतसम्भारको काम गर्दै थिए। पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने तीन जना सुरुङभित्र फसेका थिए।
शनिबार बिहान १ः२० बजे उद्धार गरिएका ती तीनै जनाको चिकित्सा टोलीले मृत्यु पुष्टि गरेको छ। यो खानी सन् १९९८ मा निर्माण गरिएको थियो र मार्च सन् २०२४ देखि सुरक्षा कारणले मर्मतकार्यको क्रममा थियो। प्रारम्भिक जाँच अनुसार लगभग ५०० घनमिटर मलबा खसेर सुरुङ भत्किएको छ। अहिले दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको छ।