जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्षमाथि हमला

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्षमाथि हमला
+
-

हुम्ला- जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्षमाथि शारीरिक हमला भएको छ ।

सुर्खेत जाने क्रममा कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आइतबार बेलुकी करिब ६ बजे छेडागाड नगरपालिका–५, चङ्खेलीमा हमला भएको हो ।

अध्यक्षलाई हमला भएपछि बचाउन गएका कुशे गाउँपालिका–४ का नवराज शाही र दिपेन्द्र सिंह गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एकबहादुर विकले जानकारी दिए । उनका अनुसार अध्यक्ष बस्नेतलाई भने सामान्य चोट लागेको छ ।

प्रहरीका अनुसार शाही र सिंहलाई चक्कु प्रहार भएको हो । अध्यक्षसहितको टोलीमाथि कुशे गाउँपालिका–४ का नवराज शाही, प्रकाश बस्नेत र रामु बस्नेतले आक्रमण गरेको जनाइएको छ ।

घटनापछि आक्रमणकारी फरार रहेका छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । साथै छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अध्यक्ष बस्नेत स्वयं घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज पुर्याएका छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’