हिमाल जोशी
असोज १८, २०८२
अ
+
अ
अ
-
धनगढी– कैलालीको धनगढीमा यात्रुबाहक बस दुर्घटना भएको छ। बस दुर्घटनामा ७ जना घाइते भएका छन्।
धनगढीबाट पोखराका लागि छुटेको ना २ ख १९०७ नम्बरको बस शनिबार दिउँसो धनगढीको बोराडाँडीमा दुर्घटना भएको थियो।
पैदल यात्रुलाई जोगाउने क्रममा अनियन्त्रित भएर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए।
बसमा १९ जना सवार रहेका थिए।
भर्खरै
लोकप्रिय







































































































































































































