
दाङ– २४ भदौमा भएको जेन-जी आन्दोलनको क्रममा दाङ तुलसीपुर कारागारबाट भागेकामध्ये छ जना कैदीबन्दी पक्राउ परेका छन्।
पक्राउ परेका कैदीहरूमा दाङ राप्ती गाउँपालिका–८ पिपरीका १५ वर्ष कैद सजाय भुक्तान गर्दै आएका कर्तव्य ज्यान मुद्दाका बुद्धिराम चौधरी भन्ने बुधराम चौधरी, घोराही उपमहानगरपालिका–१३ मौलाका जबरजस्ती करणी मुद्दाका ७ वर्ष कैद सजाय भोग्दै आएका नारायण घर्तीमगर, गढवा गाउँपालिका–१ का १८ वर्ष कैद सजाय भएका सुनिल नेपाली रहेका छन्।
यस्तै घोराही–५ का १२ वर्ष कैद सजाय भएका बसन्त सार्की, घोराही–१७ का ८ वर्ष कैद सजाय भुक्तान गर्दै आएका मनोज चौधरी र सल्यानको कालिमाटी गाउँपालिका–७ का १४ वर्ष कैद सजाय पाएका जीवन भन्ने जिउपाल दमाई रहेका छन्।
उनीलाई भदौ १७ देखि असोज २१ गतेसम्म पक्राउ गरी कारागार कार्यालय तुलसीपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरी नायब उपरीक्षक तथा कार्यालयका सूचना अधिकारी चक्र बहादुर शाहका अनुसार फरार कैदीहरूलाई पक्राउ गर्न प्रहरीको विशेष टोली खटाइएको थियो।