मुख्यमन्त्री सिंह र त्रिभुवन साहद्वारा जनस्वराजको पक्षमा सनाखत , निर्वाचन कार्यालयअगाडि विरोध

मुख्यमन्त्री सिंह र त्रिभुवन साहद्वारा जनस्वराजको पक्षमा सनाखत , निर्वाचन कार्यालयअगाडि विरोध
+
-
देशसञ्चार AI सारांश
  • मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन साहले जनस्वराज पार्टीको पक्षमा जनकपुरधाममा सनाखत गरेका छन्।
  • मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नेपालको संविधान अनुसार नयाँ सरकार गठनका लागि दुइटा दावी प्रस्तुत भएको छ।
  • नेपाली कांग्रेसका नेता यादव र जनमतका नेता यादवले आ–आफ्नो दावीपत्र प्रदेश प्रमुखलाई बुझाइसकेका छन्।

जनकपुरधाम – डा‍. सीके राउत नेतृत्वको जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीको पक्षमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र प्रदेशसभा सदस्य त्रिभुवन साहले सनाखत गरेका छन्।

जनकपुरधाम स्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर सिंह र साहले सनाखत गरेका हुन्। मंगलबार मात्र मुख्यमन्त्री पदबाट राजीनामा दिएका सिंह र साह आज निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन्। दुबैजना निर्वाचन कार्यालय भित्र सनाखत गर्दा कार्यालय बाहिर विरोध प्रदर्शन भएको हो।

सिंह र साहका पक्षधर एवं नेपाली कांग्रेस तथा नेकपा एमालेका केही कार्यकर्ता उनको पक्षमा नारावाजी गर्दा जनमतका कार्यकर्ताहरुले उनको विक्षमा नारावाजी गरेका हुन्। जनमतका कार्यकर्ताले भ्रष्टाचार मुख्यमन्त्री मुर्दावाद लगायतको नारालगाउँदै विरोध गरेका छन्। दुबैजनाले सनाखत गरेपछि प्रहरीको सुरक्षामा दुबैजना निर्वाचन कार्यालयबाट बाहिरिएका हुन्।

मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि दुई वटा दावी परेको हो।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार ९सोनल०को नेतृत्वमा जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी ६ दलले ५७ सदस्यको समर्थन सहित दावी पेश गरेको हो।

यस्तै, नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नेकपा एमाले र जनमत पार्टीको संसदीय दलका नेता महेस प्रसाद यादवको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाइएको हो।

यता जनमतका संसदीय दलका नेता यादवले कांग्रेसको नेतृत्वमा पेश गरीएको दावी पत्र लगत भएको जनाएको छ। उनले आफु सोनल नेतृत्वको दावीको पक्षमा रहेको बताएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष