नेपाल–भारत सीमाबाट ब्राउनसुगरसहित दुई जना भारतीय कारोबारी पक्राउ

नेपाल–भारत सीमाबाट ब्राउनसुगरसहित दुई जना भारतीय कारोबारी पक्राउ
+
-

झापा – नेपाल–भारत सीमाबाट १.१९२ केजी ब्राउनसुगरसहित दुई जना कारोबारीलाई पक्राउ गरिएको छ।

भारतको गलगलियामा अखडा बनाएर नेपालमा लागुऔषध आपूर्ति गर्दै आएका दुई भारतीय कारोबारीलाई भारतकै सुरक्षाकर्मीले बुधबार बिहान पक्राउ गरेका हुन्।

पक्राउ पर्नेहरूमा बिहार जिल्ला किशनगञ्ज गलगलिया थाना, लकडी डिपो गाउँका १९ वर्षीय मोहम्मद सौरभ र सोही ठाउँका ५० वर्षीय मोहम्मद मुस्ताक रहेका छन्।

उनीहरूको साथबाट प्याकिङसहित १.१९२ केजी ब्राउन सुगर, नेपाली मुद्रा रु. ४ लाख ५१ हजार १७५, भारतीय मुद्रा रु. ८३ हजार १९९, विभिन्न ब्राण्डका ७ थान स्मार्टफोन, २ थान किप्याड फोन, २ वटा चाँदीका सिक्का, २ थान डिजिटल तराजु र १६८ थान नाइट्राजेपाम ट्याब्लेट बरामद भएको छ।

४१ औँ बटालियन एसएसबी भातगाउँ र गलगलिया प्रहरीको संयुक्त कारबाहीमा ठूलो परिमाणमा लागूऔषध बरामद भएको थियो। प्रहरी अधीक्षक सागर कुमारको नेतृत्वमा लागूऔषधविरुद्ध अभियान चलाइएको हो।

गलगलिया थानाध्यक्ष राकेश कुमारको नेतृत्वमा गलगलिया क्षेत्रमा लागूऔषध कारोबारीविरुद्ध लगातार कारबाही भइरहेको छ र यस क्रममा एक दर्जनभन्दा बढी कारोबारी जेल परिसकेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष