
जनकपुरधाम- मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
बिहीबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहका बीच मुख्यमन्त्रीमा नियुक्त भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल)ले सपथ ग्रहण गरेका हुन् ।
सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट भोजपुरी भाषामा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
प्रदेश प्रमुख भण्डारीलाई उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई बुधबार साँझ ५ दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।