
- जनकपुरधाममा अवैध सुनचाँदीको छापामा व्यापारी र प्रहरीबीच झडप हुँदा तनावपूर्ण स्थिति सिर्जना भएको छ।
- व्यापारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले लाठिचार्ज र अश्रुग्यास प्रहार गर्न बाध्य भएको विवरण आएको छ।
- घटनामा उद्योग वाणिज्य संघका अध्यक्ष अनि केही प्रहरी र व्यापारी घाइते भएका छन् भन्ने जानकारी प्राप्त भएको छ।
जनकपुरधाम – जनकपुरधाममा प्रहरी सुनचाँदी पसलमा छापा मार्न जाँदा व्यापारी र प्रहरीबीच झडप भएको छ। अवैध रुपमा भित्रिएको सुनचाँदी बिक्री भईरहेको सूचनाको आधार राजश्वको टोलीले छापा मार्न जादा व्यापारी र प्रहरी बिच झडप भएको हो।
जनकपुरधामको सुनचाँदी पसलहरुमा चेकजाँच गर्न थालेपछि टोली संगै गएका प्रहरीमाथि ढुगामुढा गर्न खोजा झापड भएको हो। व्यापारीहरुले प्रहरीमाथि ढुगामुढा गर्न थालेपछि प्रहरीले लाठि चार्ज गरेको पछि तनाव भएको हो। छ। जनक चौकमा समेत युवाहरूको एक समूहले प्रहरीमाथि ढुगामुढा गर्न थालेपछि प्रहरीले ५ राउण्ड जति अश्रुग्यास प्रहार गरेको छ भने ६ राउण्ड जति हवाई फायर गरेको प्रहरीले जनाएको छ।
प्रहरीको लाठी चार्जबाट जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी लगायत केही जना घाइते भएका छन् भमे केही प्रहरी समेत घाइते भएका छन्।
जनकपुरचाँदी व्यवासायी संघका अध्यक्ष पवन ठाकुरले धनतेरसको एक दिन पुर्व व्यापारीहरुलाई त्रर्साउन गरिएको काम गलत भएको बताएका छन् । उनले सहज रुपमा खानतलासीको अवस्था हुदा हुदै प्रहरीले आतकं सृजना गरेको आरोप लगाए।
जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सोनारपट्टीमा संजय ठाकुरको सुन चाँदीको पसलमा छापामारी गर्ने क्रममा प्रहरी र व्यवसायीहरु बीच झडपको छ। जिल्ला प्रहरी कार्यालयको तर्फबाट औपचारिक प्रतिक्रिया आएको छैन।