
काठमाडौँ – हमासको नियन्त्रणमा परेर ज्यान गुमाएका नेपाली युवा विपिन जोशीको शव काठमाडौँ आइपुगेको छ। इजरायलबाट विपिनको शव सोमबार दिउँसो नेपाल ल्याइएको हो।
शव विमानस्थल आइपुगेपछि प्रधानमन्त्री सुशीला कार्की, उर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल, मुख्यसचिव एकनारायण अर्यालसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरूले विपिनलाई श्रद्धाञ्जलि दिएका छन्।
श्रद्धाञ्जलि कार्यक्रममा विपिनको परिवारका सदस्यहरू पनि सहभागी थिए। शव नेपाली सेनाको संयोजनमा सोमबार नै कञ्चनपुर पठाइएको छ।