
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् ११४६ को अवसरमा आयोजित ‘नेपाल संवत् ११४६ न्हूदँ समारोह’को उद्घाटन गरेकी छन्।
ललितपुरको पाटनस्थित मंगलबजारमा आयोजित उक्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाल संवत्को महत्त्वमाथि प्रकाश पारेकी हुन्।
प्रधानमन्त्री बनेपछि सुशीला कार्कीले सार्वजनिक रूपमा सहभागिता जनाएको सम्भवतः यो पहिलो महत्त्वपूर्ण कार्यक्रम हो।
उनले नयाँ वर्षको उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गर्दै नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःको योगदानको चर्चा गरेकी छन्।
पाटन दरबार क्षेत्रमा सामान्यतया सवारीसाधन प्रवेशमा रोक लगाइए पनि प्रधानमन्त्री कार्कीको सवारी भने मंगलबजारस्थित कार्यक्रमस्थलसम्म पुगेको थियो।
ललितपुरको कार्यक्रमपछि प्रधानमन्त्री कार्की भक्तपुर र काठमाडौँमा आयोजित कार्यक्रममा पनि सहभागी भएकी छन्।
तस्बिरहरूः