मोरङ – लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–७ मा कोठा भाडामा लिएर बस्दै आएका झापाका ४३ वर्षीय मोहनसिंह बरही छन्।
झापा गौरादह नगरपालिका–६ का बरहीलाई उनको डेराबाटै १७ ग्राम ९८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिइन्।

भर्खरै
लोकप्रिय






































































































































































































