रुकुम पश्चिम जिप दुर्घटनाः मृतकमध्ये ६ जनाको पहिचान खुल्यो

रुकुम पश्चिम जिप दुर्घटनाः मृतकमध्ये ६ जनाको पहिचान खुल्यो
+
-

दाङ–रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिका स्यालाखदी जाँदै गरेको बोलेरो जिप दुर्घटनामा मृत्यु भएका सात जनामध्ये ६ जनाको पहिचान खुलेको छ। रा १ ज ४२२ नम्बरको बोलेरो जिप लिस्ने बजार नजिक सडकबाट खस्दा सात जनाको मृत्यु भएको हो।

पहिचान भएका मृतकहरुमा आठबिसकोट नगरपालिका–२ स्याला निवासी ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया सर्मिला विक र २२ वर्षीय गोपाल वली रहेका छन्। एक जना मृतक महिलाको नाम, थर र वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ। उनीहरुको नाम, थर र वतन खुल्न बाँकी रहे पनि केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार सडकको भौगोलिक अवस्था र सम्भावित ब्रेक फेलका कारण जिप दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’