पोखरा– पोखरामा ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु भएको छ।
पोखरा महानगरपालिका १२ गौंडामुखमा ड्युटी रहेका प्रहरी हवल्दार ओमकुमार थापा सोमबार दिउँसो अचेत अवस्थामा फेला परेका थिए। उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो।
नवलपुर विनय त्रिवेणी गाउँपालिका– ६ शिवपुरगढीका थापाको अहिले पोष्टमार्टम हुँदैछ। उनी जिल्ला अदातल समन्वय तथा सुरक्षा प्रहरी इकाई कास्की दरबन्दी भइ हाल सीआरभी भद्रकालीमा कार्यरत थिए।
उनी विशेष सुरक्षा योजनाअनुसार खटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































